Tuesday, April 21News That Matters

बायर्न म्यूनिखले जर्मन बुन्डेस्लिगाको उपाधि चुम्यो

पूर्णपुष्टि, असार ३ गते । 

लगातार आठौं पटक बुन्डेस्लिगा फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । दुई खेल बाँकी छँदै बायर्नले लिगको उपाधि जितेको हो ।

गतराति भएको खेलमा वेर्डर ब्रेमेनलाई १–० ले हराउँदै बायर्नले दुई खेल अगावै लिगको उपाधि जितेको थियो । खेलको ४३ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई महत्वपूर्ण तीन अंक दिलाएका हुन् । योसँगै लेवान्डोस्कीको लिगमा गोल संख्या ३१ पुगेको छ ।

लिगमा ७ अंकको अग्रता रहेको बायर्नलाई उपाधि जित्न एक खेलमा जित आवश्यक थियो । ७६ अंकसहित शीर्ष स्थानमा रहेको बायर्नले तीन खेल खेल्न बाँकी रहेको बोरुसिया डर्टमण्डसँग १० अंकको अग्रता कायम गरेको छ ।

दोस्रो स्थानको डर्टमण्डको ६६ अंक छ । ब्रेमेन २८ अंक सहित रेलिगेशन जोनमा रहेको छ ।