Sunday, June 28News That Matters

आज विदेशी मुद्राको विनिमय दर

पूर्णपुष्टि, असार ३ गते । 

कोरोनाको महामारीले ठप्प भएका कामहरु विस्तारै सुरु हुन थालेका छन् ।

नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय २१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ २४ पैसा तोकेको छ ।

त्यस्तै साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५९ पैसा रहेको छ । आज बुधबार कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५७ पैसा रहेको छ । ओमानी रियाल १ को खरिददर ३ सय १७ रुपैयाँ ६० पैसा रहेको छ भने यूएई दिर्हाम १ को खरिददर ३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३३ रुपैयाँ २८ पैसा छ ।

त्यस्तै मलेसियन रिंगिट एककोे खरिददर २८ रुपैयाँ ४५ पैसा बिक्रीदर २८ रुपैयाँ ६० पैसा तोकेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४ पैसा र बिक्रीदर १० रुपैयाँ ९ पैसा पुगेको छ ।

कुवेती दिनार १ को खरिददर ३ सय ९५ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३ सय ९७ रुपैयाँ ५४ पैसा रहेको छ । यस्तै बहराइन दिनार १ को खरिददर ३ सय २२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३ सय २३ रुपैयाँ ७४ पैसा रहेको छ ।