
पूर्णपुष्टि,चैत्र १७ । २०७९ सालको एसइई परीक्षा आज शुक्रबार दखि चैत्र २९ गते सम्म संञ्चालन हुँदै छ । परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमीले आज देखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा गरेको र परीक्षा बिहान ८ बजे देखि सञ्चालन हुने जनाएको हो । देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ ।
परीक्षा बोर्डको माघ ११ गते बसेको बैठकले चैत्र १७ गतेदेखि २९ गतेसम्म परीक्षा संचालन गर्ने निर्णय गरेको थियो । तालिका अनुसार परिक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजीको परीक्षा हुनेछ । सोही दिन वेद विद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ ।
अनुत्तीर्ण परीक्षार्थी र अक्षराङ्कन पद्दतिको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सो भन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि परीक्षामा समेत ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत यस पटक एक्जाम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिने व्यवस्था छ ।
यसका साथै परीक्षा अनुगमन टोलीलाई परीक्षामा अमर्यादित कार्य गर्ने वा गर्न उक्साउने जो–कोहीलाई स्थलगतरूपमै कारबाही गर्न सक्ने अधिकार दिइएको छ।
