Saturday, June 27News That Matters

आज देश भरका मौसम बद्ली

पूर्णपुष्टि, चैत ३० 

आज देशका धेरै ठाउँको मौसम बद्ली भएको छ ।

मध्य भारतमा बनेको न्यूनचापीय प्रणाली नेपाल भित्रिएकाले देशका धेरै ठाउँको मौसम बद्ली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो प्रणाली पूर्वतर्फ सर्दै गरेकाले केही घण्टापछि काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँको मौसम खुल्दै जानेछ । तर, आजै पश्चिमी वायुको एउटा प्रणाली नेपाल प्रवेश गर्ने सम्भावना रहेकाले पहाडी क्षेत्रका केही ठाउँमा हल्का  पानी पर्ने सम्भावना रहेको  छ ।

यो प्रणालीको प्रभाव सुदूरपश्चिम प्रदेशमा धेरै पर्ने भएकाले त्यहाँ भने जमिन भिज्ने गरी पानी पर्ने जनाएको छ । सुदूरपश्चिम प्रदेश बाहेकका अन्य क्षेत्रमा भने हल्का मात्रै पानी पर्ने जनाएको छ ।