Sunday, August 9News That Matters

राष्ट्र बैंकले १० अर्ब २५ करोडको ट्रेजरी बिल बिक्री गर्ने

पूर्णपुष्टि, चैत ३० 

आज नेपाल राष्ट्र बैंकले १० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । त्यसमा  आठ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिको रहेको छ ।

यो बिल आउँदो असार २९ गते परिपक्व हुनेछ । त्यस्तै  दुई अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल भने १ सय ८२ दिनका लागि हो । यो बिल भने आउँदो असोज २६ गते परिपक्व हुनेछ ।

बैंकले यसअघि यही चैत २३ गते समेत २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।