Thursday, May 28News That Matters

आज धेरै ठाउँमा चट्याङ र हुरीबताससहित पानी पर्ने सम्भावना

पूर्णपुष्टि, बैशाख २१ गते

आज देशको धेरै ठाउँमा मेघगर्जन, चट्याङ, हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभिन्न प्रणाली सक्रिय भएकाले मंगलबारसम्म देशैभरका मौसम कम खुल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी राति पनि केही ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।

आजको भन्दा सोमबार र मंगलबार धेरै बदली हुने संभावना रहेको महाशाखाले जनाएको छ ।