Thursday, May 28News That Matters

आज विश्व प्रेस स्वतन्त्रता दिवस

पूर्णपुष्टि, बैशाख २१ गते ।

आज विश्व प्रेस स्वतन्त्रता दिवस हो । ‘भय र पक्षधरता मुक्त पत्रकारिता’ भन्ने नाराका साथ दिवस मनाइंदैछ ।

सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा मे ३ का दिन विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।

कोरोना भाईरसको प्रभावका कारण औपचारिक कार्यक्रम नगरेपनि डिजिटल संवाद, छलफल तथा सञ्चारमाध्यम मार्फत विभिन्न कार्यक्रमको साथ दिवस मनाइँदैछ ।