
पूर्णपुष्टि, असार ९ । भारतमा हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगितामा आज नेपालले नेदरल्याण्ड्सँग खेल्दैछ । यसअघिको तिन खेल खेलेको नेपालले एक खेलमा मात्र जित हात पारेको छ भने आज हुने नेदरल्याण्ड्सँगको खेल जित्नै पर्ने दबाबमा मैदन उत्रदैछ ।
जिम्बाब्वेको टाकासिंगा स्पोर्टस् क्लबमा दिउँसो १२:४५ बजे खेल सुरु हुनेछ । शिर्ष छ को सम्भावना कायम राख्न नेपालले नेदरल्याण्ड्लाई हराउँनु पर्नेछ छ भने अर्को खेलमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजमाथि जित निकालेमा नेपाल सुपर सिक्समा पुग्नेछ । यदी यो खेल हारेमा नेपाल समुह चरणबाटै बाहिरिने छ ।
पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो भने वेस्ट ईन्डिजसँग फराकिलो रन अन्तरमा हारेको थियो । समूह ए मा चार खेल खेलेको वेस्ट इन्डिज ४ अंक सहित पहिलो र समान खेल सहित ४ अंक जोडेको जिम्बावे दोस्रो स्थानमा छ । दुई खेलबाट २ अंक जोडेको नेदरल्याण्ड्स तेस्रो स्थानमा र तीन खेलमा २ अंक जोडेको नेपाल चौथो स्थानमा छ भने अंक विहिन अमेरिका पाचौं स्थानमा छ ।
