Friday, May 22News That Matters

आज नेप्से परिसूचक २१ अङ्कभन्दा बढीले बढ्यो

पूर्णपुष्टि, भदौ ८

आज नेप्से परिसूचक सोमबार २१ अङ्कभन्दा धेरैले बढेको छ । परिसूचक २१.२६ अङ्कले बढेर १४ सय ३१.६० अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

त्यस्तै ’क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि साढे तीन अङ्कले बढेको छ । होटल समूहबाहेक आज सबै समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको १ सय ६२.८७ र निर्जीवन बीमा समूहको १.२८.६९ अङ्कले सुधार भएको छ ।

दिनभर दुई अर्ब १३ करोड रुपैयाँ बराबरका ४९ लाख २४ हजार रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै २१ करोड ६० लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ ।

सोमबार कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका शेयर लगानीकर्ताले झण्डै सात प्रतिशत कमाएका छन् । च्यांदी हाइड्रोपावर लिमिटेडका शेयर लगानीकर्ताले भने दुई दशमलव २५ प्रतिशत गुमाएका छन् ।