
पूर्णपुष्टि, भदौ ८
नेपालमा आज थप सात सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप एक सय ६७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १८ हजार आठ सय ६ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा आठ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै एक सय ५७ पुगेको मन्त्रालयले जनाएको छ ।
