
पूर्णपुष्टि, असोज १३
आज नेप्से परिसूचक ७.२१ अङ्कले घटेको छ । परिसूचक घटेर १५ सय ५३.६२ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
जलविद्युत्, उत्पादनमूलक र म्युचल फण्ड बाहेक सबै समूहको उपसूचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक ४५ अङ्कले घटेको छ ।
मङ्गलबार १ सय ९३ कम्पनीको शेयर कारोबारमा एक अर्ब ८२ करोड ९८ लाख रुपैयाँ बराबरका ७३ लाख कित्ता शेयर किनबेच भएको छ । अरुण काबेली पावर लिमिटेडको सबैभन्दा धेरै १७ करोड ४१ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ ।
परिसूचक घटेको भए पनि जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडलगायत ११ वटा अरु कम्पनीले पनि नौ प्रतिशतभन्दा धेरै कमाएका छन् ।
सपोर्टस लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले भने ३.६२ प्रतिशत गुमाएका छन् ।

