Friday, May 22News That Matters

भारतका उपराष्ट्रपति नायडूलाई कोरोना सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, असोज १४

भारतका उपराष्ट्रपति वैंकैया नायडूलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उपराष्ट्रपतिलाई कोरोना संक्रमण पुष्टि भएको उपराष्ट्रपति नायडूको सचिवालयले ट्वीट गरेर जानकारी दिएको हो ।
उहाँलाई घरमै आइसोलेशनमा बस्न सल्लाह दिइएको छ । उहाँकी श्रीमतीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको जनाईएको छ ।

यसअघि दिल्लीका उप मुख्यमन्त्री मनिष सिसोदियाको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो ।

गत २४ घण्टामा भारतमा साढे ८० हजारमा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको संख्या ६२ लाख नाघेको छ । जसमध्ये ५१ लाख ८४ हजार निको भएका छन् भने साढे ९७ हजारको कोरोना सङ्क्रमणबाट मृत्यु भएको वल्डोमिटरले जनाएको छ ।