Friday, May 22News That Matters

कुवेतका राष्ट्रप्रमुख अहमदको निधन

पूर्णपुष्टि, असोज १४

कुवेतका राष्ट्रप्रमुख (ईमिर) शेख सबा अल अहमद अल सवाहको ९१ वर्षको उमेरमा निधन भएको छ । अहमदको अमेरिकामा निधन भएको हो ।
उहाँ जुलाई १८ मा अस्पताल भर्ना हुनुभएको थियो । उहाँको शल्यक्रिया सफल भएको थियो । पछि फेरि थप उपचारको लागि जुलाई २३ मा अमेरिका जानुभएको थियो । अमेरिकामा उहाँको के उपचार भयो भन्ने कुरा ईमिरका अधिकारीले नखुलाएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।

सन् २००६ देखि कुवेतको ईमिर बन्नुभएका अहमद ५० वर्षदेखि विदेशी नीति सम्हाल्दै आउनुभएको थियो । अहमदको निधनको शोकमा कुवेतमा ४० दिनसम्म शोक अवधि घोषणा गरिएको छ भने तीन दिनको लागि कार्यालयहरु बन्द गरिएका छन् ।
अहमदको निधनपछि उहाँका भाइ शेख नवाफ अल अहमद अल सबाह कुवेतका नयाँ ईमिर बन्नुभएको छ । ८३ वर्षीय शेख नवाफले जुलाई १८ मा, शेख सभा अल अस्पताल भर्ना भएको बेला पनि इमिरको जिम्मेवारी वहन गरिसक्नुभएको थियो । यस्तै उहाँले रक्षा मन्त्री र गृहमन्त्रीको पद सम्हालीसक्नुभएको छ ।