Wednesday, July 1News That Matters

आज पनि पानी पर्ने सम्भावना

गाईघाट, फागुन १३ गते । 

आज पनि मुलुकको विभिन्न ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुसँगै पूर्वमा बनेको न्यून चापीय प्रणालीको असरले मङ्गलबार मुलुकभर सामान्य बदली भइ केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

पानीसँगै उच्च पहाडी तथा हिमाली भेगका केहि ठाउँमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।