Friday, May 15News That Matters

दिल्लीमा प्रहरीसहित ४ जनाको मृत्यु

गाईघट, फागुन १३ गते । 

भारतको नयाँ दिल्ली यमुनापार क्षेत्रमा हिंसात्मक घटनामा चार जनाको मृत्यु भएको छ । विवादास्पद नागरिकता विधेयकको विरोधमा भएको हिंसात्मक घटनामा एक जना प्रहरीसहित चार जनाको ज्यान गएको संचारमाध्यमहरुले जनाएको हो ।

उक्त घटनामा २५ जना भन्दा धेरै घाइते भएका छन् । विभिन्न ठाउँमा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको छ । प्रदर्शनकारीहरुले आगजनीसमेत गरेका छन् । बढिरहेको हिंसालाई नियन्त्रण गर्न प्रशासनले उत्तर पूर्वी दिल्लीका १० इलाकामा कफ्र्यु लगाएको संचारमाध्यमहरुले जनाएको छ ।

प्रदर्शनकारीलाई संयमता अपनाउन दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आह्वान गरेको जनाईएको छ । हिंसा बढेको क्षेत्र मुस्लिम समुदायको बाक्लो बस्ती भएको संचारमाध्यमहरुले जनाएको छ ।

भारतले ल्याएको नागरिकता सम्बन्धी नयाँ कानुनले मुस्लिम समुदायक बाहेकका आप्रवासीलाई धार्मिक आधारमा नागरिकता दिन सकिने व्यवस्था गरेको छ । संशोधन हुनु अघि नागरिकता सम्बन्धी भारतको ६४ वर्ष पुरानो कानुनले गैरकानुनी आप्रवासीहरूलाई भारतीय नागरिक हुन दिँदैनथ्यो ।

हिन्दू, शिख, बौद्ध, जैन, पारसी र इसाई धर्म मान्ने समुदायले अन्य देशबाट आएको प्रमाण र भारतमा ६ वर्ष बसोबास गरे वा काम गरेको आधारमा अङ्गीकृत नागरिकता दिने व्यावस्था छ भने मुस्लिम समुदायलाई कानुनले विभेद गरेको छ ।