
पूर्णपुष्टि, फागुन ३
आज पनि देशका केहि स्थानहरुमा हिमपात र बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी बायुको प्रभावले मौसम गडबडीका कारण देशभर मौसम सफा नरहेको माहाशाखाको भनाई छ ।
प्रदेश न १, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य बदली र गण्डकी तथा वाग्मती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा भने मौसम सामान्यतया सफा रहेको छ ।
आज देशभर तापक्रममा पनि हल्का गिरावटको सम्भावना रहेको माहाशाखाले बताए ।
राती प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भू(भागका धरैजसो स्थानमा आंशिक बदलीको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
देशका पहाडी भू(भागका थोरै स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना तथा तराईका केही भू(भागमा बिहानीपख हुस्सुरकुहिरो लाग्न सक्ने हुदा तापक्रममा सामान्य गिरावट आउन सक्ने देखिएकोले यसबाट जनजीवन र यातायातमा पर्न सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौैसम पूर्वानुमान महाशाखाले अुरोध गरेको छ ।
