Sunday, May 17News That Matters

सबैखाले मोवाईलको ब्राण्ड सहित गाईघाटमा डिजिटल सप्लायर्स सोरुम ओपनिङ

पूर्णपुष्टि, फागुन ३

बिभिन्न नयाँ सेवा सुविधा सहित गाईघाटमा डिजिटल सप्लायर्स आज बाट संञ्चालनमा आएको छ । गाईघाटको बिपि चोक स्थित डिजिटल सप्लायर्सले एक्सेन्जको पनि सुविधा दिँदै औपचारिक रुपमा ओपनिङ तथा उद्घाटन गरी सोमबार देखि आफ्नो व्यापार संञ्चालनमा ल्याएको हो ।

ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै मोवाई लगायत सबैखाले सामानहरु उपलब्ध गराउने उदेश्यले ल्याप्टप, कम्पयुटर, सिसि क्यामेरा सहितको सोरुम सञ्चालनमा ल्याइएको प्रोपाईटर कौशल दाहालले बताउनुभयो । उहाँले सबैखाले मोवाईका ब्राण्डहरु उपलब्ध रहेको र अन्य थप सामानहरु सिसि क्यामेरा, ल्याप्टप, कम्पयुटर बिक्रि वितरण, मर्मत र एक्सेन्ज समेत गरिने बताउनुभयो । बिषेशगरी साना देखि ठुला र सस्तो देखि महंगो सबैखालको मोवाईहरु होलसेलमा पाईने दाहालले बताउनुभयो ।

दाहालले मोवाईलका बिभिन्न ब्राण्डहरु Apple, Samsung, Redmi, Vivo, Nokia, Lava  सबै ब्राण्डमा उपलब्ध रहेको बताउनुभयो ।

नयाँ ल्याप्टप, कम्युटर मोवाईलहरु होलसेल तथा सुपथ मुल्यमा बिक्रि वितरण गरिने छ भने पुरानो मोवाईल, कम्युटर, सिसि क्यामेरा र ल्याप्टप मर्मत तथा एक्सेन्ज गर्न पाईने यस डिजिटल सप्लायर्सले सुविधा दिएको छ ।