
पूर्णपुष्टि, फागुन २३
आज पहाडका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै ठाउँमा र वाग्मती र प्रदेश–१ का केहि ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
अहिले पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली भइरहेको छ भने अरु ठाउँको मौसम सफा रहेको महाशाखाले जनाएको छ । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
