Sunday, June 28News That Matters

लोक सेवा आयोगको राष्ट्रिय सम्मेलन सुरु हुँदै

पूर्णपुष्टि, फागुन २३ 

आजदेखि लोक सेवा आयोगको पहिलो राष्ट्रिय सम्मेलन सुरु हुँदै छ । केन्द्रीय लोक सेवा आयोगको आयोजनमा काभ्रेको धुलिखेलस्थितमा दुई दिने सम्मेलन सुरु हुन लागेको हो ।

सम्मेलनमा प्रदेश लोक सेवा आयोगहरुबाट पाँच–पाँच जनाको प्रतिनिधित्व छ । गण्डकी र सुदूरपश्चिम प्रदेशबाहेक सबै प्रदेशमा लोक सेवा आयोग गठन भइसकेको छ ।

राष्ट्रिय सम्मेलनमा प्रदेश र केन्द्रीय लोक सेवा आयोगसमेत गरी करिब ५० जनाको सहभागीता रहने जनाईएको छ ।

सम्मेलनमा केन्द्रीय लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगहरुबाट विभिन्न कार्यपत्रहरु प्रस्तुत हुने केन्द्रीय लोक सेवा आयोगले जनाएको छ । सम्मेलनको उपलब्धि सोमबार धुलिखेलमै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने जनाईएको छ ।