
फागुन ५ गते ।
पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुव्र्यवहार सम्बन्धी मुद्दाको फैसला सोमबार हुने भएको छ ।
हिजो मुद्दाको सुनुवाई सकिए पनि हेर्दाहेर्दैमा राखेपछि आज फैसला हुने काठमाण्डौ जिल्ला अदालतले जनाएको छ । न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सकिएको थियो ।
संसद सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा महराविरुद्ध अदालतमा मुद्दा दर्ता भएपछि गत कात्तिक १८ देखि पुर्पक्षका लागि डिल्लिबजार कारागारमा थुनामा छन् ।
