
फागुन ५ गते ।
काठमाण्डौँमा नेपाल विद्युत प्राधिकरणले आजदेखि तार भूमिगत गर्ने काम सुरु गर्ने भएको छ । उक्त कामको प्रधानमन्त्रि केपी शर्मा ओलीले महाराजगञ्जबाट शुभाराम्भ गर्नु हुने भएकोे हो ।
तार भुमिगत गर्ने काम पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क बितरण केन्द्र अन्तर्गतको काम गर्ने भएको छ । विजुलीका सबै तार अन्डरग्राउन्ड हुने विद्युत प्राधिकरणले जनाएको छ । तारले कुरुप बनेको सहर सफा राख्नका लागि तार भुमिगत गर्न लागेको जनाईएको छ ।
विजुलीको तार भुमिगत गर्दा सडक खनेको १० दिनमै पुरानै अवस्थामा ल्याउने गरी सडक विभागसँग समझदारी गरेको जनाईएको छ । एकै पटक सवैतिर सडक नखनी विस्तारै विस्तारै सडक खन्दै कामसम्कदै कालोपत्रे गर्दै लैजाने प्राधिकरणले जनाएको छ ।
तार अन्डरग्राउन्ड गर्नको लागि मुसाले दुलो पारे जस्तै गरी अर्थात होराइजेन्टल जेन्टलन डाइरेक्सनल ड्रिलिङ प्रबिधीको प्रयोग गर्ने प्राविधिकरणले जनाएको छ ।
तार भूमिगत गर्नको लागि केईआई इन्ड्रष्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता भइसकेको छ । महाराजगञ्ज वितरण केन्द्रका तार अन्डरग्राउन्ड गर्न २ करोड ५५ लाख ८१ हजार अमेरिकी डलर र १ अर्ब १ करोड ७० लाख रुपैयाँमा तथा रत्नपार्क वितरण केन्द्रका तार अन्डरग्राउन्ड गर्न २ करोड २९ लाख डलर र ८३ करोड १५ लाख रुपैयाँमा सम्झौता भएको छ ।
पहिलो चरणको दुई वटा वितरण केन्द्र अन्तर्गत ९० हजार ग्राहकको घरसम्म तार अन्डरग्राउन्ड गरिसकेपछि अरु ठाउँमा काम थाल्ने प्राधिकरणले जनाएको छ । यसको लागि एसियाली विकास बैंक एडिबीले सहुलियतपूर्ण ऋृण सहयोग गरेको छ ।
