
फागुन ५ गते ।
सप्तरीमा संचालन भईरहेकोे मुस्लिम समुदायको धार्मिक सम्मेलनमा सहभागी हुन आएका दुई जनाको बेहोस भएर मृत्यु भएको छ । सम्मेलनमा आएका भारत मोतिहारी जिल्लाका हारु रसिद बेहोस भएपछि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।
आईतबार साँझ बेहोस भएको रसिदको उपचारको क्रममा मृत्यु भएको थियो । त्यस्तै सम्मेलनमा बिरामी भएर घर फर्कदै गरेका एक नेपाली नागरिकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबारदेखि संचालन भएको सम्मेलनमा करिब साँढे दुई लाख मानिस सहभागी भएको प्रहरीले जनाएको छ ।
