Wednesday, July 1News That Matters

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १७ सय नाघ्यो

फागुन ५ गते ।

चिनमा कोभिड १९ (कोरोना भाइरस)बाट ज्यान गुमाउनेको संख्या १७ सय ६९ पुगेको छ । चीनमा मात्रै १७ सय ६५ र चीन बाहिरका चार देशमा एक/एक जना गरी १७ सय ६९ जनाको ज्यान गएको संचारमाध्यमहरुले जनाएको हो ।

अहिले चिनमा कोरोना भाईरस संक्रमितको संख्या ७० हजार ९ सय ८८ पुगेको छ । कोरोना सुरु भएको हुवेईमा मात्र १६ सय ९२ जनाको ज्यान गएको संचारमाध्यमहरुले जनाएको छ । पछिल्लो समयमा कोरोना भाईरसको संक्रमणबाट मृत्यु हुनेको संख्या र नयाँ संक्रमण हुने दर घटेको संचारमाध्यमहरुले जनाएको छ ।

त्यस्तै ४० जना अमेरिकी नागरिकमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । जापानमा राखिएको डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका ४ सय अमेरिकीमध्ये ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । कोरोनाको संक्रमण देखिएकाहरुलाई जापानमै राखेर उपचार सुरु गरिएको छ भने बाँकी ३ सय ६० जनालाई स्वदेश फार्काएको जनाईएको छ ।