Friday, May 15News That Matters

कालापानी निरीक्षणमा उपप्रधानमन्त्री पोखरेल

फागुन ५ गते ।

दार्चुलाको कालापानी निरीक्षणमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल निस्कनु भएको छ । सीमा निरीक्षणका लागी सोमबार नेपाली सेनाको हेलिकप्टरमार्फत व्यास गाउँपालिकाको कालापानी क्षेत्र प्रस्थान गर्नुभएको हो ।

उपप्रधानमन्त्री पोखरेल सहित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभा उपसभामुख निर्मला जोशी बडाल, प्रदेशसभा सदस्य मानबहादुर धामी, गेल्बुसिह बोहरालगायत सुरक्षा अधिकारीसहित १० जनाको टोली व्यास क्षेत्र प्रस्थान गर्नु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो  ।

नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा समावेश गरेपछि नेपालले यसमा आपत्ति जनाउँदै आएको छ ।