
पूर्णपुष्टि, भदौ २५
आज प्रदेश नम्बर १ र ५ सँगै वाग्मती र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशभरको मौसम सामान्य बद्ली भएर केही ठाउँमा मेघगर्जनसहित ठूलो पानी पर्ने सम्भावना रहेको जनाईएको छ । आज राति पनि केही ठाउँमा ठूलो पानी पर्ने जनाईएको छ ।
त्यस्तै भोलि र पर्सि पनि देशभरको मौसम यस्तै रहने छ । दिउँसोको समयमा केहीबेर घाम लागे पनि फेरि बद्ली भएर पानी पर्ने जनाउको छ ।
प्रदेश १, २ र ५ तथा वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा बाढी पहिरोको सम्भावना रहेकाले सावधानि अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यी क्षेत्रमा रहेका नदीमा पानीको सतह बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने तथा सडक भासिने जोखिम रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

