
पूर्णपुष्टि, भदौ २५
भारतको नयाँ दिल्लीमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न र गराउन प्रहरी परिचालन गरिने भएको छ ।
हरेक प्रहरी युनिटमा कोभिड १९ को महामारी नियन्त्रण र रोकथामका लागि आवश्यक पर्ने सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गराउने बारेमा एक प्रहरी टिम परिचालन गरिने भएको हो ।
स्वास्थ्य मापदण्ड पालना नहुने क्रम बढेपछि कडाइका लागि प्रहरी खटाउन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अब स्वास्थ्यका मापदण्ड पालना नगरे कडा कारबाही गरिने दिल्ली प्रहरीले जनाएको छ ।

