
पूर्णपुष्टि, फागुन १२
आज पनि सहिद स्मारक बी डिभिजन लिग फुटबलमा दुई खेल हुँदैछन् ।
आज हुने पहिलो खेलमा बाँसवारी क्लबले टुसाल क्लबसँग दिउँसो सवा १२ बजे खेल्ने छ । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने छ ।
अर्को खेलमा दिउँसो साढे ३ बजे श्री कुमारी क्लब र श्री भगवती क्लब खेल्ने छन् । हिजो भएको खेलमा नयाँ बस्ती युवा क्लब र खुमलटार युथ क्लबले हात पारेका थिए ।
नयाँ बस्तीले मध्यपुर युथ एसोसिएशनलाई २–१ ले हरायो भने खुमलटारले पुल्चोक स्पोर्ट्स क्लबलाई ५–२ ले पछि पार्दै जित हात पारेको थियो ।
