Friday, July 17News That Matters

देशैभर प्रचण्ड–माधव समूहले खुसियाली सभा गर्दै

पूर्णपुष्टि, फागुन १२

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्न आदेश दिएपछि नेकपा प्रचण्ड–माधव समूहले आफ्ना विरोध कार्यक्रमलाई खुसियाली सभामा परिणत गरेको छ ।

संसद विघटनको विरोधमा चौथो चरणमा आन्दोलनरत प्रचण्ड–माधव समूहले आज जिल्ला सदरमुकाम वा उपयुक्त ठाउँमा प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

संसद पुनर्स्थापनाको खुसियाली मनाउन नेकपाले काठमाडौं उपत्यकाको शान्तिवाटीकामा मध्याह्न १२ बजे भेला हुन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको जनाईएको छ ।