Thursday, June 18News That Matters

आज भारतबाट १० लाख डोज ‘कोभिसिल्ड’ खोप नेपाल आउँदै

पूर्णपुुष्टि,फागुन ९

आज भारतबाट १० लाख डोज ‘कोभिसिल्ड’ खोप नेपाल ल्याइँदैछ । सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियासँग २० लाख डोज खरिद गर्ने सहमतिअनुसार पहिलो चरणको १० लाख डोज खोप नेपाल ल्याउन लागिएको हो ।

१० लाख डोज खोप मात्र पहिलो खेपमा ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खोप ल्याएपछि टेकुमा रहेको भण्डारण स्थलमा राखिनेछ । त्यसपछि फागुन २३ देखि कोभिड खोप अभियानअन्तर्गत जिल्ला स्वास्थ्य कार्यालयमार्फत वितरण हुनेछ । यसअघि भारत सरकारले १० लाख डोज कोभिडसिल्ड खोप अनुदानमा उपलब्ध गराएको थियो । उक्त खोप माघ १४ गतेबाट लगाउन थालिएको हो । सरकारले अहिले स्वास्थ्यकर्मी, कर्मचारी र अग्रपङ्क्तिमा काम गरिरहेका कर्मचारीलाई खोप दिइरहेको छ ।