Thursday, June 18News That Matters

१५ बर्षीया किशोरीलाई यौन दुर्वव्यवहार गरेको आरोमा एक पुरुष पक्राउ

पूर्णपुष्टि,फागुन ९

१५ बर्षीया किशोरीलाई यौन दुर्वव्यवहार  गरेको आरोपमा बाराका एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको करैयामाई गाउँपालिका–५ बस्ने ४० वर्षीय महेन्द्र सहनीलाई यौन दुर्वव्यवहार  गरेको आरोपमा प्रहरीले नियन्त्रमा लिएको हो ।

घरमा कोही नभएको अवस्थामा गाउँकै किशोरीलाई सहनीले मेरो घरमा काम छ भनेर लगेर यौन दुर्वव्यवहार  गरेको आरोप उनलाई लागेको छ ।

किशोरी रुँदै गएर आमालाई भनेपछि परिवार र समाजले घटनाबारे जानकारी पाएका थिए । त्यसपछि स्थानीय जम्मा भएर सहनीको घर घेराउ गर्न पुगेका थिए ।

प्रहरी टोलीले सहनीलाई उद्धार गरेर जिल्ला प्रहरी कार्यालय बारामा ल्याई थप अनुसन्धान शुरु गरेको छ । किशोरीलाई यौन दुर्वव्यवहार  गरेको आरोपमा सहनीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिनुभयो ।