
पूर्णपुष्टि, बैशाख १३ गते ।
नेपालमै सवै भन्दा बढी कोरोना सक्रमित फेला परेको भुल्केमा आज १ न. प्रदेशका मुख्यमन्त्रि शेरधन राई आउँदैहुनुहुन्छ । सवै भन्दा बढी कोरोना संक्रमित फेला परेको त्रियुगा नगरपालिका–३ भुल्केको अनुगमन गर्न मुख्यमन्त्रि राई आउन लाग्नुभएको हो ।
भोजपुरमा पहिलो पटक कोरोना संक्रमित फेला परेको हतुवागढी गाउँपालिकाको होमताङ र कटारीको बेलस्रोत क्वारेन्टाईनको समेत मुख्यमन्त्रि राईले अनगमन गर्नु भएपछि भुल्के आउनुहुने जनाईएको छ । उहाँले कोरोना ग्रस्त क्षेत्र भुल्केको अनुगमन गर्न आउन लाग्नु भएको हो ।
