Tuesday, June 23News That Matters

लिम्चुङ्बुङमा दुइ हजार तीनसय बहत्तर घरधुरी लाई मकैको बीउ बितरण

मिलन परियार
लिम्चुङ्बुङ बैशाख १३

लिम्चुङ्बुङ गाउँपालिकाले पालिकाका कृषकहरुलाई मकैको विउ वितरण गरेको छ । लिम्चुङ्बुङ कृषि शाखाका काअनुसार पालिकाले आ.ब २०७६/०७७ बाट बिनियोजन गरेको रु १७ लाख बजेट बाट पालिकाका ५ वटै वडाका कृषकहरुलाई विउ वितरण गरेको कृषि शाखा प्रमुख गगन राईले जानकारी दिनुभयो ।

राईका अनुसार २३७२ घरधुरी लाई मनकामना ३ जातका मकैको बिउ बितरण गरेको जनाएको छ । ५ ओटै वडामा जम्मा १८ हजार ४ सय ८८ केजि बिउ बितरण गरेको शाखा प्रमुख राईले जानकारी दिनुभयो ।

गत वर्ष पालिका भरिकै कृषकहरुको पानी नपर्नाले मकै नष्ट भएपछि विउ वितरण गरेको पालिका अध्यक्ष मेजर कुमार राईले बताउनुभयो । राइले गत बर्षनै पालिकाले यस्तो समस्या भोगे सँगै पालिका लाई सुख्खा क्षेत्र घोषण गरेको थियो ।

गाउँपालिका स्थित बास्बोटे, बाराहा  बलम्ता, ताम्लिछा र जाँतेमा अघिल्लो बर्ष पहिलो चरण बैशाखमा छरेको मकै खडेरिका कारण पुर्न रुपमा नस्ट भए सँगै साउनमा छरेको मकै पनि अमेरिकी फौजी किरा लागेपछि कृषकहरुको बिउ नै नरहने गरि मकै नष्ट भएको थियो

लकडाउन समस्यामै पारेर भएपनि कृषि कर्म र कृषकहरुको मर्मलाई सहजताको निम्ति  चितवन , रुपन्देही , हेटौडा र गाईघाट बाट बिउ खरिद गरि समयमा नै कृषक लाई बिउ उपलब्ध गराएको अध्यक्ष राईले बताउनुभयो ।