Monday, June 29News That Matters

आज मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना

पूर्णपुष्टि, बैशाख ५ गते । 

आज देशका विभिन्न ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाले जनाएको छ ।

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले आज देशभरिकै मौसम सामान्यतया बदली भइ मध्य र पूर्वका केही तथा पश्चिमका थोरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

राति देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली भइ पहाडी क्षेत्र र तराईका केही ठाउँमा हावाहुरी, चट्याङसहित असिना पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि पनि मध्य र पूर्व तथा पश्चिमका केही ठाउँमा पानी पर्ने सम्भावना छ । यसकै प्रभावले गत राति देशका विभिन्न ठाउँमा पानी परेको थियो ।