
पूर्णपुष्टि, फागनु २
आज देशको ५ ओटा प्रदेशहरुमा सामान्य बर्षा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का केही भूभागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ ।
माहाशाखाका अनुसार आज देशभर पश्चिमी वायुको प्रभाव रहेको भन्दै पश्चिमी वायुको प्रभावका कारण हाल देशको बिभिन्न स्थानमा बर्षा र हिमपातको सम्भावना रहेको हो ।
यसैगरी, अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको अवस्था छ। यस्तै, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको छ ।
