
पूर्णपुष्टि, फागुन २
उदयपुर गाईघाट शिवालयटोल स्थित पूर्व शिक्षक भनिएका ६६ बर्षिया बिरेन्द्र राईको संकास्पद मृ*त्यु*लाई लिएर घटना बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । शनिवार घरमै चोट निलडाम सहित मृ*त फेला परेको राईको घटनाबारे जिल्ला प्रहरी कार्यालय उदयपुरले कुकुर परिचालन गरी घटना अनुसन्धानलाई तिव्र बनाएको छ । संकास्पद मृ*त्यु भएको कारण हत्या हुन सक्ने भन्दै प्रहरीले कुकुर सहितको गहिरो अनुसन्धान गरिरहेको हो ।
नेपाल प्रहरीको संघीय प्रहरी ईकाई कार्यालय धरानबाट “लैला” नामको कुकुरलाई घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) भिमबहादुर दाहालले बताए । एसपी दाहालका अनुसार सो कुकुर घटनास्थलबाट गाईघाट बजार, हिमालीटोल, आँखा अस्पताल हुदै जिल्ला अस्पतालको गेटसम्म पुगेको थियो ।
जहाँ मृ*तकको श्रीमती रिता राई मुखभरी बि*ष दलिएको अवस्थामा घर बाहिर भेटिएपछि उपचारका लागि जिल्ला अस्पतालमा लागिएको थियो । अस्पताल गेट पुगेपछि केहिछिन अलमलमा परेको कुकुर पुनः जिल्ला प्रहरी कार्यालयतर्फ लम्केको प्रहरीको भनाई छ ।
उनिहरुकाअनुसार प्रहरी कार्यालयमा हत्या आसंकामा केहि व्यक्तिहरुलाई नियन्त्रणमा राखिएको छ । कुकुर परिचालपछि ह*त्या संलग्नहरुको नजिक पुग थप सहयोग पुगेको एसपी दाहाले जानकारी दिए । मृतक राईको शव जिल्ला अस्पताल उदयपुरमा राखिएको छ भने घाईते श्रीमतीको बिराटनगरमा थप उपचार भईरहेको छ ।
