
पूर्णपुष्टि, भदौ ५
आज र भोलि देशभर ठूलो पानी पर्ने सम्भावना नरहेको । अहिले प्रदेश १, कर्णाली प्रदेश र वागमती प्रदेशको केही ठाउँ बाहेक अन्यत्र आंशिक देखि सामान्य बादल लागेर केही ठाउँमा पानी परेको र दिउँसोपख देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भोलि बेलुकीबाट भने मनसुन पुनः सक्रिय भएर देशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने जनाईएको छ । आगामी २४ घण्टामा प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्ययम खालको पानी पर्ने सम्भावना रहेको जनाईएको छ ।
ती ठाउँहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने लगायतका सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
