Friday, May 22News That Matters

४ जिल्लामा विद्युत् सेवा अवरुद्ध

पूर्णपुष्टि, भदौ ५

राष्ट्रिय प्रशारण लाईनको तार गोदावरी क्षेत्रमा चुडिएकाले सुदूरपश्चिम प्रदेशका चार जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ । कैलालीको अत्तरीयाबाट बितरण हुँदै आएको १३३ केभिए राष्ट्रिय प्रशारण लाइनको गोदावरी क्षेत्रमा तार चुडिएका कारण डोटीसहित डडेल्धुरा, अछाम, र बाजुराको विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको हो ।

अवरुद्ध भएको विद्युत् सेवा सञ्चालनका लागि कर्मचारी खटिए पनि तार जडान गर्न नसकिएका कारण विद्युत् सेवा सञ्चालन नभएको डोटी साना जलविद्युत कार्यालय दिपायल पिपल्लाले जनाएको छ ।

विद्युत् सेवा अवरुद्ध भएपछि रेडियो तथा पत्रपत्रिकाहरु पूर्णरुपमा बन्द भएको जनाईएको छ । उक्त प्रशासण केन्द्रका हाइटेन्टसनका पोलहरुमा बेलाबेलामा आउने खराबी तथा तार चुडिने गरेका कारण त्यहाँका पहाडी जिल्लामा पटकपटक विद्युत् सेवा अवद्ध हुँदै आएको छ ।