
पूर्णपुष्टि,माघ २८ । विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै छ । नेपालसहित संसारभर विज्ञानमा महिलाको भूमिका र योगदानको सम्झना गर्दै तथा खुसी साटासाट गरी यो दिवस मनाउने गरिएको हो ।
२२ डिसेम्बर २०१५ मा संयुक्त राष्ट्र संघको महासभाले संकल्प प्रस्ताव पारित गरेयता दिवस मनाउन थालिएको हो । ११ फेब्रअरीलाई विज्ञान र प्रविधिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने महिला एवं युवतीहरूको सम्झना गरिन्छ । सन् २०१४ देखि २०१६ सम्मको युनेस्कोको तथ्याङ्क को अनुसार, केवल ३० प्रतिशत महिला विद्यार्थीहरूले उच्च शिक्षामा STEM-सम्बन्धित क्षेत्रहरू छनौट गर्छन्। STEM-सम्बन्धित क्षेत्रहरू भन्नाले साइन्स, टेक्नोलोजी, इन्जियनरिंग र म्याथम्याटिक्स क्षेत्र भन्ने बुझिन्छ ।
विज्ञान तथा प्रविधिको क्षेत्रमा महिलाको पहुँच वृद्धि गर्नु दिवस मनाइनुको उद्देश्य हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०का अनुसार देशमा हाल कुल ८ सय ७३ वैज्ञानिकमध्ये महिलाको संख्या १४३ मात्रै छ । विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवसका अवसर शिलापत्रले वैज्ञानिक महिलाका बारे केही सामग्रीहरू प्रकाशित गरेको छ ।
