
पूर्णपुष्ट, फागुन २३ गते ।
आज केहि विदेशी मुद्राको भाउ घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर १ कोे खरिददर १ सय १७ रुपैयाँ १ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ६१ पैसा तोकेको छ । हिजो डलर एककोे खरिददर १ सय १६ रुपैयाँ ८६ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ४६ पैसा रहेको थियो ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २६ पैसा तोकेको थियो ।
ओमानी रियाल १ को खरिददर ३ सय २ रुपैयाँ ४६ पैसा तोकेको छ । हिजो खरिददर ३ सय ४ रुपैयाँ २७ पैसा तोकिएको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०२ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा रहेको थियो ।
मलेसियन रिंगिट १ को खरिददर २८ रुपैयाँ १२ पैसा र बिक्रीदर २८ रुपैयाँ २६ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रीदर २७ रुपैयाँ १० पैसा रहेको थियो । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९ रुपैयाँ ९३ पैसा रहेको थियो ।
कुवेती दिनार १ को खरिददर ३ सय ८२ रुपैयाँ ५० पैसा र बिक्रीदर ३ सय ८४ रुपैयाँ ४७ पैसा तोकेको छ । हिजो खरिददर ३ सय ८१ रुपैयाँ ९० पैसा र बिक्रीदर ३ सय ८३ रुपैयाँ ८६ पैसा रहेको थियो । त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय १० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३ सय ११ रुपैयाँ ९२ पैसा तोकेको छ । हिजो खरिददर ३ सय ९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३ सय ११ रुपैयाँ ५२ पैसा रहेको थियो ।
