
पूर्णपुष्टि, फागुन २३ गते ।
कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा पनि एक जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संमण देखिएपछि उपचार गराइरहेकी ७० वर्षीया महिलाको मृृत्यु भएको बेलायतका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
गत बुधबार कोरोनाको संक्रमण देखा परेकी महिला अस्पताल भर्ना भएकी थिइन् । अहिलेसम्म बेलायतमा कोरोना संक्रमितको संख्या एक सय १६ पुगेको छ ।
कोरोनाको संक्रमणबाट मृत्यु भएकी महिलाले रोयल बर्कशायर अस्पतालमा उपचार गराइरहेकी थिईन् । ति महिलालाई बेलायतमै कोरोनाको संक्रमीत भएको बेलायतका प्रमुख चिकित्सा सल्लाहकार प्राध्यापक क्रिक व्हिट्टीले जनाएको छ ।
अहिले ती महिलासँग सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी गरी रहेको बेलायती अधिकारीहरु जनाएका छन् ।
