
पूर्णपुष्टि,चैत्र १९ । आज अटिजम जागरुकता दिवस विश्वभर मनाइँदैछ । अटिजमको बारेमा सचेतना दिने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिंदै संयुक्त राष्ट्रसंघको आव्हानमा हरेक वर्ष अप्रिल २ तारिखमा यो दिवस मनाइने गरिन्छ ।
यस दिवसमा अटिजमको क्षेत्रमा काम गरिरहेको अटिजम नेपाल केयर सोसाइटीले विशेष कार्यक्रमको आयोजना गर्दै आएको छ । सोसाइटीका अनुसार नेपालमा अटिजमबाट गुज्रिरहेकाको यकिन तथ्यांक छैन । विश्वमा यसको संख्या भने अढाईदेखि तीन लाख सम्म रहेको बताइन्छ ।
अटिजमको लक्षणहरु प्रायः जन्म भएको तीन बर्ष भित्रनै बच्चाहरुमा देखिन थाल्ने गर्दछ । स्पेक्ट्रम डीसअर्डरका रुपमा लिइने यो स्वास्थ्य समस्याको खतर केटी भन्दा केटाहरुमा चार गुणाले बढी हुने गरेको पाइएको छ । आमा बुवाको उमेर धेरै भएपछि जन्मिएका बच्चाहरुमा अटिजमको खतरा हुने देखिने गरेको छ । चिकित्सकसंग निरन्तर परामर्शमा रहे अटिजमको रोकथाम गर्न सकिने बताइएको छ ।
