Friday, April 17News That Matters

आज विश्व शौचालय दिवस नेपालमा पनि यसरी मनाईदैँ

पूर्णपुष्टि, मंसिर ३

आज विश्व शौचालय दिवस विश्वभर मनाईँदै छ । विश्को बिभिन्न देश सहित नेपालले पनि आफ्नो राष्ट्रमा सरसफाईको चेतनामुलक कार्यक्रम र सरसफाई सहित यो दिवस मनाउँदैछ ।

नेपाल १३ असोज २०७६ मा नै खुला दिसामुक्त भैसकेकाले निजी शौचालयको महत्व र सरसफाइको चेतना लगभग सबै क्षेत्रका सबै समुदायमा पुगिसकेको अनुमान छ । अहिले यस क्षेत्रमा कार्यरत संस्थाहरुले सार्वजनिक स्थलमा पर्याप्त शौचालय बनाउने र तिनको सरसफाइ राख्ने विषयलाई प्राथमिकतामा राखेका छन् ।

सरसफाई सम्बन्धि बिभिन्न चेतनामुलक कार्यहरु खुला स्थानमा दिसापिसाब गर्नाले खानेपानीको स्रोत, मुहान, खोला, नाला, नदी प्रदूषित गराउने र त्यसबाट हैजा, टाइफाइड, झाडापखाला जस्ता रोग फैलिन गई आम नागरिकको स्वास्थ्यलाई असर पार्ने भएकाले शौचालय निर्माण र उपयोगको कार्यलाई प्राथमिकता दिने गरिएको छ ।

‘शौचालयको महत्व’ (Valuing Toilet) दिवसको नारा सहित विश्व शौचालय दिवस सबै राष्ट्रहरुमा मनाईँदै छ । संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउँदै आएको छ ।

विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पुर्याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको हो ।

संयुक्त राष्ट्र संघले सन् २०१३ देखि औपचारिक रुपमा १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको मनाउन थालेको हो । राष्ट्र संघको महासभामा सिंगापुरले यो प्रस्ताव पेश गरेको थियो । त्यसयता राष्ट्र संघको यूएन वाटर भन्ने निकायले यस दिवस मनाउने कार्यको संयोजन गर्दै आएको छ ।

त्यस अगाडि सिंगापुरमा अवस्थित विश्व शौचालय संस्था (वर्ल्ड ट्वाई्लेट अर्गनाइजेशन) नाम एक गैरसरकारी संस्थाले सन २००१ देखि अनौपचारिक रुपमा विश्व शौचालय दिवस मनाउन थालेको थियो । संयुक्त राष्ट्र संघका विभिन्न प्रकाशनमा जनाइए अनुसार अझै पनि ६७ करोड ३० लाख मानिसहरु खुला दिसापिसाब गर्ने उल्लेख छ ।