
पूर्णपुष्टि, जेठ २३ गते ।
उदयपुरको सदरमुकाम गाईघाटमा आज विहान ६ देखि ११ बजेसम्म बजार, पसल खुल्ने भएको छ ।
सामाजिक दुरी कायम गर्दै दुध, मासु, तरकारी, खाद्य तथा दैनिक उपभोग्य सामानका पसलहरु खुल्ने भएपनि ११ बजेपछि लकडाउन यथावत रहने भएको हो ।
जिल्ला प्रशासन कार्यालयमा विहिबार बसकेको बैंठकले कोरोना संक्रमण जोखिमकाबीच नागरिकहरुको जनजीवनलाई केही सहज बनाउन विहान बजार पसल खोल्ने निर्णय भएको हो । निर्णयअनुसार जुत्ताचप्पल, कपडा पसल, हार्डवेयर पसलहरु पनि खुल्न पाउनेछन् ।
पसल खोल्दा गोलो घेरा बनाएर सामाजिक दुरी कयाम गर्नु पर्ने, अनिवार्य माक्स लगाउनु पर्ने र पसल बाहिर सेनिटाईजरको व्यावस्वथा गर्नु पर्ने जनाईएको छ ।
विहान ११ बजेसम्म बजार, पसल खुलेपनि सवारी साधन संचालनमा यथावत गरिएको छ । जस्तो पायपो तेस्तो सवारी साधनलाई पास दिन नमिल्ने भएकाले सवारी साधन चलाउन नपाईने भएको हो । सवारी साधनसँगै होटेल, लज, रेस्टुरेन्ट, पार्टी प्यालेस, पार्लर, सैलुन पनि खोल्न नपाईएने भएको छ ।
विहान बजार, पसल खुलेपनि ११ बजेपछि लकडाउन कडाईका साथ यथावत रहने प्रशासनले जनाएको छ ।
