Monday, April 20News That Matters

जैविक विविधताको संरक्षण गर्न प्रधानमन्त्री ओलीको आग्रह

पूर्णपुष्टि, जेठ २३ गते । 

प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधताको संरक्षण गर्न सवै निकायलाई आग्रह गर्नुभएको छ ।

आज विश्व वातातरण दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुदै प्रधानमन्त्रि ओलीले जैविक विविधताको संरक्षण गर्नुका साथै यसको अध्ययन, अनुसन्धान र व्यवस्थापनमा योगदान दिनु हुने व्यक्तिलाई आआफ्नो जिम्मेवारी अझ सशक्त ढङ्गले अघि बढाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

बढ्दो जनसंख्या र विकासको कामका विच वातावरणमैत्री विधि अपनाउनुपर्नेमा प्रधानमन्त्रि ओलीले जोड दिनु भएको छ । उहाँले प्रकृतिलाई जोगाएमा मात्र मानव भविष्य सुरक्षित रहन सक्छ भन्ने विषयलाई आत्मसात् गर्दै कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ  ।

प्रकृतिको नैसर्गिक व्यवस्था प्रतिकूल रहने मानवीय क्रियाकलापले उत्पन्न हुने रोग र महामारीबाट अहिले संसार प्रभावित बनेको सन्देशमा उल्लेख छ ।