Tuesday, April 21News That Matters

नेपालमा ९५ प्रतिशत कोरोना संक्रमितमा लक्षण देखिएन

पूर्णपुष्टि, जेठ २३ गते ।

नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि भएका मध्ये करिब ९५ प्रतिशतमा लक्षण नदेखिएको पाईएको छ ।

रुखाघोकी लाग्ने, १ सय ४ डिग्रीभन्दा बढी ज्वरो आउने, सास फेर्न ग्राहो हुने, स्वाद थाहा नपाउने, थकाइ लाग्ने कोरोना भाइरस संक्रमणपछि देखिने लक्षणहरु भएपनि नेपालमा पष्टि भएको करिब ९५ प्रतिशत संक्रमितमा यस्तो लक्षण देखा नपरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

अहिलेसम्म नेपालमा २ हजार ६ सय ३४ जनामा संक्रमण पुष्टि भएपनि धेरै जसोको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ । कुल संक्रमितमध्ये ५ प्रतिशतमा मात्रै लक्षणसहित मुटुरोग, उच्च रक्तचाप, दम लगायतका अरु पनि समस्या रहेको पाइएको जनाईएको छ ।

अहिलेसम्म निको हुने कोरोना संक्र मितको संख्या ३ सय १३ पुगेको छ । अहिलेसम्म कोरोनाबाट १० जनाको मृत्यु भईसकेको छ ।