
पूर्णपुष्टि,मंसिर १०
सुनको भाउमा आज गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले गिरावट आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावल सुनको भाउ ९२ हजार ५ सय र तेजावी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघकाअनुसार कारोबारका लागि छापावाल सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको कारोबार मूल्य ९१ हजार रुपैयाँ छ ।
सुनको भाउ ओरालो लाग्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । मंगबार प्रतितोला १ हजार ८ सय रुपैयाँले सुनको भाउ घटेको थियो ।
यस्तै चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । मंगलबार १ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ बुधबार १ हजार १ सय ७५ रुपैयाँ तोकिएको छ ।
