
पूर्णपुष्टि,मंसिर १०
कञ्चनपुरमा १६ महिने एक बालिकाको घाँटीमा ढुङ्गा अड्कीएर मृत्यु भएको छ । बेदकोट नगरपालिका वडा नं. ९ सुन्दरपुरका १६ महिने साकार भट्टको घाँटीमा ढुङ्गा अड्कीएर मृत्यु भएको हो ।
घर आँगनमा खेल्ने क्रममा बालिकाले मुखमा ढुङ्गा हाल्दा घाँटीमा अड्केको थियो । उनलाई महाकाली अस्पतालमा ढुङ्गा झिक्न सम्भव नभएपछि कैलालीको धनगढी रेफर गरेको प्रहरीले जनाएको छ ।
उनको उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
