Tuesday, June 9News That Matters

आज सुनको भाउ बढ्यो

पूर्णपुष्टि,पुष २८

आज सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर र ९२ हजार ८ सय पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावल सुनको भाउ ९२ हजार २ सयमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेर १२५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।