Tuesday, June 9News That Matters

झापाको शिविरमा आगलागीः एक वृद्घको मृत्य

पूर्णपुष्टि, पौष २८

झापाको दमक नगरपालिका–स्थित भुटानी शरणार्थी शिविरमा भएको आगलागिमा परेर एक वृद्घको मृत्यु भएको छ । सोमवार साँझ शरणार्थी शिविर सेक्टर नम्बर डी–४, हट नम्बर ३२५ मा आगलागी हुँदा ६० बर्षीय दशमान राईको जलेर मुत्यु भएको हो ।

बाँसले बारेको एक तले छाप्रोमा सुतिरहेका राईको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक राई प्यारालाइसिसका बिरामी समेत रहेका थिए ।

आगलागीका कारण ३ लाख रुपैयाँ बराबरको सुनचाँदीका गर–गहना र ८ लाख रुपैया बराबरको खाद्यान्न तथा लत्ताकपडा जलेर नष्ट भएकोे छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र दमकलको सहयोगमा करिब एक घण्टापछि आगो निभाइएको थियो । आगलागीका कारण खुलेको छैन । आगो लाग्नुको कारण पत्ता लगाउन थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।