Monday, April 20News That Matters

आज ११७० जना कोरोना संक्रमित थपियो

पुर्णपुष्टि,भदौ २९

आज देशभर थप १ हजार १ सय ७० जनामा कोरोना पुष्टि भएको छ । गएको २४ घण्टामा मात्रै यो संख्यामा संक्रमित बढेको हो । यता आजै मात्र मृृत्यु हुनेको संख्या १५ रहेको छ । बितेको २४ घण्टामा १५ जनाको मृत्यु भएको स्वस्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ५५ हजार तीन सय २९ पुगेको छ । यता मृत्यु हुनेको ुसंख्या पनि तीन सय ६० पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमित १५ हजार तीन सय ९३ जना रहेको मन्त्रलयले जनाएको छ ।  त्यसैगरी बितेको २४ घण्टामा आठ सय ८९ जना संक्रमित डिस्र्चाज भएर घर फर्केका छन् यो संगै निको हुनेको कुल संख्या ३९ हजार पाचँ सय ७६ पुगेको छ ।